पोखरा, ६ जेठ । पोखरामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने भएको छ ।
टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखराको रंगशालामा मेला आयोजना गर्न लागेको हो ।
यही जेठ १० गतेबाट १६ गतेसम्म मेला सञ्चालन हुने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो । । मेलामा कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर टिभिएसको नयाँ स्कुटर वा मोटरसाइकल चढ्न सकिने पोखरेलले बताउनुभयो ।
मेलामा सहभागीहरुले विशेष छुटमा टिभिएस खरिदको अवसर पाउनेछन् । पुरानो मोटरसाइकल वा स्कुटरको मूल्यमा समेत अतिरिक्त १० हजार रुपैयाँ मूल्यांकन हुने बताइएको छ । वा त्यसको विकल्पमा ९ हजार रुपैयाँ नगद छुट तथा शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत लिन सकिनेछ ।
‘मेलामा सहभागी भएर धेरै ग्राहकले लाभ लिनेमा हामी विश्वस्त छौं,’ पोखरेलले भन्नुभयो । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने