साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २४, २०८१
IMG_20240505_130639

पोखरा, २४ बैशाख । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा माछापुच्छ«े माविमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहित अभिभावक गरी एक सय ५० जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका सामुदायिक शाखा प्रमुख वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा साईबर अपराधको परिचय, साईवर अपराधका प्रकार, किशोर अवस्थामा संभावित जोखिमहरु, साईबर अपराध सम्बन्धी कानुनी ब्यवस्था, उजुरी निवेदन तथा जाहेरी, ईन्टरनेट तथा सामाजिक सञ्‍जालको दुरुपयोग गरेमा हुने सजायँ, कास्की जिल्लामा आएका साईबर सम्बन्धी समस्याहरुका वारेमा जानकारी गराइएको थियो ।

माछापुच्छ«े माविका प्राचार्य सन्तोष आचार्यले विद्यार्थीका लागि प्रशिक्षण कार्यक्रम फलदायी भएको बताउनुभयो । कार्यक्रम संयोजक कमल प्रसाद बास्तोलाले कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives