हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

राष्ट्र न्यूज सम्वाददाता
फागुन ६, २०८०
Hill 1

पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक अम्विका प्रसाद आचार्यले गण्डकी प्रदेशलाई शैक्षिक राजधानी बनाउने योजना रहेको बताउनुभयो ।

विधार्थीहरुलाई यो प्रदेशमा आकर्षण गर्नको लागि विद्यालयहरुले विभिन्न योजनाको साथ काम गर्नुेपर्ने औल्याउँदै उहाँले निजी र सामुदायिक विद्यालय एकआपसमा सहकार्य गरेर शैक्षिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावि रणनिति सुनाउँदै विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको जानकारी दिनुभयो । उहाँले विद्यालयले व्यवहारिक र प्रविधि मैत्री शिक्षामा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिर बहादुर बुढाथोकी, हिसान कास्कीका अध्यक्ष याम रोका, स्कूलका अभिभावक तथा समाजसेवी ऋषिराम लामिछाने बोल्नुभएको थियो ।

कार्यक्रममा लामो समयसम्म कार्यरत शिक्षक शिक्षिकाहरू देवकी सापकोटा, शोभा लामिछाने, देवु गुरूङ, राम कुमार थापा, दिपेन गुरूङ, अउमाया गुरुङलाई सम्मान गरिएको थियो । स्कूल व्यवस्थापन समितिका अध्यक्ष बिजुली बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका दिव्या जैसीले स्वागत, शिक्षक÷शिक्षिका कपिल अधिकारी र सम्झना अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा गतवर्ष विभिन्न विधाका उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । हिल प्वाइन्ट मा.विमा मोफसलमा नै पहिलो पटक फाइन आर्टको कक्षा संचालन भइरहेको छ। विद्यालयमा साइन्स, व्यवस्थापन, होटल मैनेजमेण्ट विषयका कक्षा संचालन भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives