दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २, २०८१
Ranjan Adhikari Thumbnail

पोखरा, २ वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।

कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागिएको हो ।

पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आउनुभएको छ । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गर्नुभएका अधिकारी बिग एफएमका स्टेशन मेनेजरका रुपमा काम गर्नुभएको छ । ।

गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डक न्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गर्नुभएको अनुभव छ ।

इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आउनुभएको छ । उहाँ खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव हुनुहुन्छ।

पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत हुनुभएको छ।

यही वैशाख ८ गते पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।

अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा पर्नुभएको छ। हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको हीरक महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा, २९ वैशाख । तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक…
  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०८०
    पोखरा, १५ फागुन । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेललाई मातृशोक परेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति  सदस्य…
  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…

Archives

Archives

Recent News

भर्खरै