ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर

राष्ट्र न्यूज सम्वाददाता
जेठ ६, २०८१
news photo (1)

पोखरा,६ जेठ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर भएको छ ।

दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समूहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा जाँच भएको छ । शिविरमा कास्की र लमजुङका गरी एक सय ३७ जना लाभान्वित हुनुभएको ।

हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निःशुल्क अप्रेसन गर्ने बताउनुभयो ।

कार्यक्रमम रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले उद्घाटन गर्नुभएको थियो ।

विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै