एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १७, २०८१
logo footer

पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद् गठनसँगै पदस्थापन गरिएको छ ।

प्रजातान्त्रिक पद्धतिबाट विद्यार्थीद्वारा मतदान गरेर निर्वाचित भएको परिषद्को सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको विद्यालयका नेपाली शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।

पदस्थापन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले विद्यार्थीको गहना अनुशासन भएको उल्लेख गर्दै शैक्षिक र सहक्रियाकलापसँगै विद्यालयमा सुन्दर वातावरण सिर्जना गर्न परिषद्को महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

विद्यार्थीबाट निर्वाचित स्कुल क्याप्टेन लोब्साङ छिरिङ र केल्साङ ल्हामो गुरुङले प्रतिबद्धता जनाउँदै आफ्नो भनाइ राख्नुभएको थियो ।

मतदानबाट चयन भएका स्कुल प्रिफेक्टहरूमा छात्रतर्फ यासी दोर्जे, तेन्जिन छिरिङ, छिरिङ दोर्जे र सोनाम साङ्पो रहनुभएको छ ।

त्यसैगरी छात्रातर्फ ल्हामो छिरिङ, दावा नाम्डु शेर्पा, कृषला राना र पासाङ डोल्मा गुरुङ चयन हुनुभएको छ । परिषद्का सदस्यहरूले प्रतिबद्धता वचन वाचन गर्दै विद्यालयको गरिमा र इज्जत उँचो राख्न हरसम्भव प्रयास गर्नेमा जोड दिनुभयो ।

यसैगरी पदस्थापन कार्यक्रममा विद्यालयका हरेक कक्षाका छात्र÷छात्रा मनिटर, होस्टल प्रिफेक्ट, हाउस क्याप्टेनलाई व्याच र खादाले स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

विद्यालयका शिक्षक को–अर्डिनेटर द्वय गोविन केसी र उर्गेन दावाले मन्तव्य राखेको कार्यक्रम शिक्षिक छिरिङ युडोनले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives