राष्ट्रिय माविको हीरक महोत्सव

तेन्जन र कवितालाई पाँच किमि छात्र÷छात्रा सडक दौडको उपाधि

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २९, २०८१
Rasriya

पोखरा, २९ वैशाख । तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र÷छात्रा सडक दौडको उपाधि हात पार्नुभएको छ ।

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागी अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरेकी गौरीशंकर माविकी कविताले सहभागी अन्य दुई सय ५३ जनालाई पछि पादै उपाधि हात पार्न सफल हुनुभएको छ ।

प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पुरा गरेका अक्सफोर्ड स्कुलका इश्वर ढकाल तेस्रो हुनुभयो ।

छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गदै मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो हुनुभयो । छात्र÷छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश सात, पाँच र तीन हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाउनुभएको छ ।

विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक इश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गर्नुभयो ।

विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर – बागलुङ बसपार्क – भिमसेन मन्दिर चोक – कोपिलढुङ्गा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पि.एन. क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुदै टँुडिखेलमा आएर सम्पन्न भएको थियो ।

खेलकुद अन्र्तगत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र÷छात्रा) सगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र÷छात्रा) समेत आयोजना गर्ने तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै