पोखरा, २२ वैशाख । एमाले नेता स्वं रविन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम गरिएको छ ।
उहाँको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रम गरी जन्मजयन्ती मनाएको हो ।
रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ। रक्तदानको प्रतिष्ठानकी अध्यक्ष बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी “स्मृतिमा रबिन्द्र अधिकारी“ बिषयक परिसंवाद कार्यक्रममा बोल्ने बक्ताहरूले बिकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख बक्ता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त खतिवडाले राष्ट्रिय राजनीतिमा मात्रै नभएर देश बिकासको योजनाकारका रुपमा चित्रण गर्नुभयो ।
प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिनाले आफ्ना कुरा स्थापित गर्न सक्ने क्षमतावान नेता भएको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका अर्का सदस्य राजेन्द्रमणि लामिछानेले अधिकारी कुशल नेता मात्रै नभएर बिकासको असली अभियन्ता र साझेदार भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी ,नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल , गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. शान्ता खत्री ,पृथ्वीनारायण क्याम्पसका पूर्ब क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले स्वं अधिकारीको योगदान बारे चर्चा गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी