पूर्व प्रधानपञ्च कार्कीको निधन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ८, २०७८
Rudra bd karki

पोखरा, ८ चैत । पूर्व प्रधानपञ्च रुद्र बहादुर कार्कीको निधन भएको छ ।

पोखरा १२ चापापानी निवासी ९८ वर्षीय कार्कीको सोमबार राति आठ बजे निधन भएको हो ।

कार्की पोखराको लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी र विकास अभियन्ता हुनुहुन्थ्यो ।

उहाँले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक युगको शहर उन्मुख गराउँन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको संकल्प अनुसार नै आधुनिक पोखरा निर्माणको प्रारम्भ भएको मानिन्छ ।

स्वर्गीय कार्कीको मङ्गबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरिने छ । करीब १० बजे पोखरा १२ चापापानीस्थित निवासबाट शवयात्रा हुने बताइएको छ ।

उहाँका चार छोरा र आठ छोरी छन् । साहिला छोरा टिका बहादुर कार्कीले पोखराको सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र खेलकुद क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives