नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता गर्ने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७८
npabsan bawan (1)

पोखरा, १० फागुन ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।

नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थले जानकारी दिनुभयो ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्ययवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता गर्न लागेको कायस्थले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयमध्येबाट ३५ टिमको सहभागिता रहने अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेशनल प्याव्सन कास्कीका सहकोषाध्यक्ष राजु केसीले जानकारी दिनुभयो ।

नेशनल प्याव्सन कास्कीले स्थापना काल देखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुकाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives