गलकोट, २० माघ (रासस) । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ ।
कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives