मेथलाङ डाडाँको भिरबाट खस्दा युवकको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७८
dead-body

पोखरा, १ साउन । पोखरा महानगरपालिका–१८ मेथलाङ डाडाँको भिरबाट खस्दा एक युवकको मृत्यु भएको छ ।

गोरखा घर भई हाल पोखरा–७ मासबार बस्ने २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथीहरुसँग मादक पदार्थ सेवन गरि बसेका थापा भिरबाट ५० मिटर तल खसेर घाइते हुनुभएको थियो ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटना बारेमा आवश्यक अनुसन्धान गर्न उहाँका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives