प्रजातन्त्र सेनानी स्व.नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट दिप्तीलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७८
216041925_533796774320375_7748852796263388434_n

पोखरा, १ साउन । प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषले क्यान्सर पीडित दिप्ती सापकोटालाई आर्थिक सहयोग गरेको छ ।

पोखरा–३१ मोहरियामा स्मृति कोषले एक कार्यक्रम गरि दिप्तीको बुवा देव बहादुर सापकोटालाई २५ हजार ५ सय ५५ रुपैयाँको चेक स्मृति कोषका अध्यक्ष देवेन्द्र रानाभाटले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले रक्त क्यान्सर पीडित दिप्ती सापकोटाको उपचारको लागि आफूले एउटा सानो सहयोग गरेको र आवश्यक परेको खण्डमा संस्थागत तथा व्यक्तिगत रुपमा थप सहयोग गर्दै जाने बताउनुभयो ।

पोखरा–२६ साँघुको मुखमा कार्यालय रहेको स्व.नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषमा ६ लाख ६६ हजार ६ सय रुपैयाँ रहेको छ।

उक्त रकमको ब्याजबाट हरेक वर्ष १०+२ का उत्कृष्ट एक छात्र र एक छात्रालाई नगद, प्रमाण पत्र र दोसल्ला प्रदान गर्ने गरिएको छ भने दुर्गा कुमारी रानाभाटको क्यान्सरकै कारण निधन भएको हुँदा हरेक वर्ष एक जना क्यान्सर पीडितलाई २५ हजार पाँँच सय ५५ रुपैयाँ सहयोग गर्दै आइरहेको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।

स्व.नारायणदत्त रानाभाटका चार छोरा र दुई जना छोरी छन्। जसमा पूर्व सभामुख तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, जिल्ला कार्यसमिति काँग्रेसका सचिव देवेन्द्र रानाभाट र शुभेन्द्र रानाभाट रहेका छन् भने छोरीहरुमा खेमकुमारी रानाभाट र शिवकुमारी सापकोटा रहेका छन्।

पारिवारीक आर्थिक अवस्था कमजोरका कारण असार १ गते देखि क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको उपचारमा समस्या आएको थियो।

दिप्तीलाई बचाउँनको लागि सहयोग गर्न भन्दै डा. रामचन्द्र बास्तोलाले आफ्नो सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाइनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives