गण्डकीमा हृदयरोग उपचार केन्द्र

रासस
मंसिर २८, २०७९
Gandaki

गण्डकी, २८ मङ्सिर(रासस)ःगण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष(सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।

कलेजका प्राचार्य प्रा.डा.रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पु¥याइएको जानकारी दिनुभयो ।

उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरङ्गबाट सेवा लिइरहेको र अन्तरङ्ग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives