पृथ्वीधर सिग्देल समाजको नयाँ कार्यसमिति

रासस
भाद्र १९, २०७९
Sigdel

पोखरा, १९ भदौं । पोखरा महानगरपालिका वडा नं १३ स्थित पृथ्वीधर सिग्देल समाजको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अर्जुन सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केदारराज सिग्देल, सचिवमा मैया सिग्देल, कोषाध्यक्षमा रमाकान्त सिग्देल रहनु भएको छ । समाजको सदस्यहरुमा गायत्री सिग्देल, पार्वती पराजुली सिग्देल, कुशल सिग्देल, सन्तोष सिग्देल र शुशील सिग्देल हुनुुहुन्छ ।

साधारण सभाले सचिव अर्जुन सिग्देल र कोषाध्यक्ष केदारराज सिग्देलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा उपस्थित सिग्देल दाजुभाई तथा दिदीबहिनी मध्ये ज्येष्ठ सदस्य दुर्गाप्रसाद सिग्देलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्नातक तहदेखी विद्यावारिधी उर्तिण गरेका समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा शुभेच्छा सिग्देल, सुदर्शन सिग्देल, अनिष सिग्देल, ऋजु सिग्देल, विजय सिग्देल, प्रतिक्षा सिग्देल, विनय सिग्देल रहनु भएको छ ।

त्यस्तै, समाजको विकासका लागि लागि सहयोग गर्ने विद्यावारिधी सिग्देल, सुवाष सिग्देल, श्रीकान्त सिग्देल, संजयकान्त सिग्देल, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था र महिला तथा बाल कल्याण कुञ्जलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पृथ्वीधर सिग्देल समाजकी सदस्य कृति सिग्देल र भद्रकाली माविमा कक्षा १२ मा पत्रकारिता अध्ययनरत खुसी मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

त्यसअवसरमा समाजका पूर्व अध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल कल्याण कुञ्जका पूर्व अध्यक्ष मैया सिग्देल, पूजा व्यवस्थापन समिति एवं कार्यसमितिका सदस्य सरस्वती सिग्देलले बोल्नुभएको थियो ।

पृथ्वीधर सिग्देल समाजका अध्यक्ष गोविन्द प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवाषचन्द्र सिग्देलले स्वागत र सचिव अर्जुन सिग्देलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives