टिप्परको ठक्करबाट महिलाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
असार २५, २०७८
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, २५ असार । टिप्परको ठक्करबाट पोखरामा एक जना पैदल यात्री महिलाको मृत्यु भएको छ ।

ग.१.ख ९७०३ नं.को टिप्परको ठक्करबाट स्याङ्जाको बिरुवा गाउँपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने ४० वर्षीया रीता के.सीको मृत्यु भएको हो ।

उहाँलाई टिप्परले पोखरा महानगरपालिका वडा नं ५ गणतन्त्र चोकमा ठक्कर दिएको थियो । बिहीबार साँझ टिप्परको ठक्करबाट घाइते हुनु भएकी केसीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

घटना बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार