पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व

राष्ट्र न्यूज सम्वाददाता
फागुन २९, २०८०
NTC

पोखरा, २७ फागुन । पोखरा महानगरपालिका वडा नं १४ का केही स्थानमा नेपाल टेलिकमको एफटिटिएच् प्रविधिबाट चल्ने टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्व भएको छ ।

पृथ्वी राजमार्गको पोखरा – मुगलिङ् खण्डको चाउथे क्षेत्रमा सडक विस्तार कार्य भैरहेका कारण सेवा अवरुद्व हुन पुगेको हो ।
सडक विस्तारका क्रममा त्यसक्षेत्रमा नेपाल टेलिकमको अण्डरग्राउण्ड अप्टिकल केवल पुर्ण रुपमा क्षति भएको छ।

रानीपौवा अन्तर्गत एफडिसि ०१३, ०४९, ०५०, ०५१, ०५२, ०५३ (चाउथे, हवेली मार्ग, नयाँ एयरपोर्ट, बेलचौतारा) क्षेत्रमा सेवा अवरुद्व भएको नेपाल टेलिकम पोखरा शाखाले जनाएको छ । जतिसक्दो चाँडो मर्मत गरी सेवा सूचारु गर्ने प्राविधिकहरु खटिनुभएको छ ।

सेवा सुचारु गर्ने गरी काम भैरहेको भन्दै सेवाग्राहिमा पुगेको असुविधा प्रति माफि मागिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives