नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १८, २०८०
photo 1 (2)

पोखरा, १८ चैत । नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढुंगामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हरपल लागिरहेको बताउनुभयो ।

‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भन्नुभयो,‘ विश्व वाजरमा विक्ने खालको शिक्षा दिन विद्यालय तल्लीन छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशाशक विक्रम बहादुर थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुदामा रेग्मी, नेपाली विभाग प्रमुख सृजना आचार्य थापाले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives