पोखरा, २३ असार । नेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ ।
शाखा सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले नेपाल परिवार नियोजन संघ कास्कीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले संघलाई वडाको तर्फबाट सक्दो सहयोग रहने र स्थायित्वका लागि पहल शुरु गरिसकेको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले संघ समाजमा स्थापित संस्था भएको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले कार्यक्रम संचालनका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वयको प्रयास गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका संस्थापक सचिव डा. सोमत सिंह तुलाचन, निवर्तमान सभापति निरञ्जन प्रसाद श्रेष्ठ, साधारण सदस्यहरुको तर्फबाट दुर्गा प्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
साधारण सभाले सन् २०२३ को आर्थिक तथा कार्यक्रम प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्ष विष्णु प्रसाद दाहालले आर्थिक र बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सविना तिमिल्सिनाले स्वागत र सदस्य सपना थापा क्षेत्रीकले कार्यक्रम संचालन गर्नुभएको थियो ।
साधारण सभाले शाखाको रिक्त युवा सदस्य पदमा नवराज बराललाई चयन गरेको छ । त्यस्तै चक्रिय निर्वाचन प्रणाली अन्तर्गत महिला सदस्यमा सविना तिमिल्सिना विशेषज्ञ सदस्यमा विरेन्द्र बास्तोला, विजय पौडेल, रजनी थकालीलाई चयन गरेको छ । निर्वाचित सदस्यहरुलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी