पोखरा, १२ असार । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा पोखरामा बुुधबार निःशुल्क प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।
पोखरा –३ स्थित महिला मिलन समूह र बाल मन्दिर आमा समूहको समन्वयमा कन्या माविमा आयोजित शिविरमा ७३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरि औषधी वितरण गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले नागरिक ३४ प्रकारका मौलिक अधिकार मध्य स्वास्थ्य अधिकारलाई सरकारले सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समयमा नै उपचार पाउँदा धेरै रोग निको हुन सक्ने भन्दै रोग लुकाउन नहुने बताउनुभयो ।
संविधान सभा सदस्य कृष्ण कुमारी परियारले कुनै पनि समस्या समाधानका लागि सरकार, समुदाय र संघ संस्था मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का वडा सदस्यहरु शान्तिदेवी पराजुली, सवि परियार, पोखरा ३ का सचिव मोहन ढुङ्गाना, नेपाल परिवार नियोजन संघका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी लगायतले बोल्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बाल मन्दिर आमा समूहकी सचिव मिन कुमारी श्रेष्ठले स्वागत, महिला मिलन समूहकी अध्यक्ष देवी पराजुलीले धन्यवाद ज्ञापन र महिला मिलन समूहकी सचिव विष्णुदेवी पराजुलीले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीको माछापुच्छ«ेमा मंसिर ६ गतेदेखि छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
सभापति लामिछाने पक्राउसँगै रास्वपाको पोखरामा विरोध प्रर्दशन
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल हुदै
रास्वपा सभापति लामिछाने पक्राउ
Archives
Archives