पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित सान्दीपन प्रि–स्कूलमा विविध कार्यक्रमसहित दीक्षान्त समारोह गरिएको छ ।
कार्यक्रममा युकेजी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । कार्यक्रममा बालबालिकाका नृत्यसँगै विभिन्न विधामा उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।
वण्डरल्याण्डमा आयोजित कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका पूर्व अध्यक्ष, शिक्षासेवी माधवशरण उपाध्यायले बालबालिकाको विषयमा सबै अभिभावकले गम्भिर रुपमा सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यसअवसरमा युवा नेता नवीन सिग्देल, अभिभावक भानु पराजुली, पूर्व अभिभावक दामोदर बराल, प्रिन्सिपल सिता पन्थी रेग्मी ,सल्लाहाकार युवराज रेग्मी लगायतले बोल्नुभएको थियो ।
विद्यालयका अध्यक्ष राजेन्द्रराज रेग्मी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक मुक्तिराज रेग्मीले विद्यालयलाई बालमैत्री बनाइएको उल्लेख गर्नुभयो ।
उता सान्दीपन प्रि–स्कूलमा आयोजित कार्यक्रममा अध्यक्ष सपना पोख्रेल सिग्देलले बालबालिकाको मुख्य आवश्यकतालाई ध्यान दिएर विद्यालय संचालन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक नवीन सिग्देल, शिक्षिकाहरु करिस्मा राना र टेका गुरुङले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
शिक्षा दिवसमा माछापुच्छ्रेका विभिन्न व्यक्तित्व सम्मानित
प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
Archives
Archives