पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३, २०८१
NTC

पोखरा, ३ वैशाख । पोखराका केही स्थानमा बैशाख ४ गते मंगलबार टेलिफोन सेवा अवरुद्व हुने भएको छ ।

पोखराको राष्ट्र बैंक चोकदेखि शहिद चोकतर्फको अण्डरग्राउण्ड अप्टिकल केवल मर्मत गनुपर्ने भएकाले सेवा अवरुद्व हुने भएको हो । वैशाख ४ गते मंगलबार बिहानदेखि नै केवलको मर्मत कार्य सुरु हुने नेपाल टेलिकम पोखरा शाखाले जनाएको छ ।

मर्मतका क्रममा सो केवलबाट संचालित शहिद चोक, गौरीघाट, हल्लनचोक, खहरे, जरेवर, मुख्यमन्त्री कार्यालय आसपासका क्षेत्रमा नेपाल टेलिकमको एफटिटिएच प्रविधिबाट चल्ने टेलिफोन सेवा केही समय अवरुद्व हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives