लियो क्लब अफ हेमजाको तीज विशेष कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १४, २०७९
Leo

हेमजा, १४ भदौ । लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजामा तीज विशेष कार्यक्रम गरेको छ ।

हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा क्लबमा आबद्द दिदीबहिनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य धना तिमिल्सिनाले क्लबलाई आवश्यक साथ, सहयोग दिने र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा पोखरा २५ का वडा सदस्य तारा वि.क , लियो जिल्ला परिषद् ३२५ जे नेपालका जिल्ला उपाध्यक्ष बिष्णु प्रसाद दाहाल, कमिटीका प्रमुख सविना तिमिल्सिना, ट्रेनिंग पोल सेक्रेटरी विकाश त्रिपाठी, जिल्ला सह– कोषाध्यक्ष बिजय त्रिपाठी, लियो सदस्य अनिशा अधिकारी लगायतले बोल्नुभएको थियो ।

प्रथम उपाध्यक्ष मनोज त्रिपाठीले स्वागत गरी सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन रुकविना कुँवरले र लियो प्लेज सन्तोष त्रिपाठीले बाचन गर्नुभएको थियो ।

क्लबका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक दिवस बरालले र सञ्चालन कपिल दाहालले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives