कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

रासस
जेठ ११, २०७८
bishow prakash sharma

काठमाडौँ, ११ जेठ (रासस) ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो ।

प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिनुभएको हो ।

प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताउनुभएको छ । “म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।

प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्कसको मार्ग निर्देशनप्रति आभारी भएको बताउनुभयो । काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives