अलिमियाँ शतक सम्मान प्राध्यापक गुरुङलाई

राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७४
DSC00040-690×518

पोखरा,  फागुन । लोककवि अलिमियाँको शत्वाषिर्की अवसरमा पोखरामा मंगलबार अलिमियाँ शतक सम्मानबाट प्राध्यापक गणेशबहादुर गुरुङलाई सम्मान गरिएको छ।

विगत ६ दशकदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अलिमियाँ वाड्मय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरे। प्रा गुरुङ १९९५ साल कात्तिक १८ गते पर्वतको ठानामौलामा जन्मेका हुन्।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाले प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने तयारी गरिरहेको भन्दै अलिमियाँको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका वडा १३ मा उनैको नामबाट पार्क बनाउन सकिने उल्लेख गरे ।

आफूले साहित्य नजाने पनि साहित्यप्रति रुची राख्ने गरेको बताउँदै साहित्यले मानिसलाई तनाव मुक्त गर्ने उनको भनाइ छ।

उनले संस्कृति र प्रचूर सम्भावना नेपालको पुँजी भएको भन्दै बोलेर नभई गरेर देखाउनुपर्ने समय आएको बताए। प्रमुख जिसीले सम्मानित व्यक्तित्व प्रा गुरुङ अनुभवको पाठशाला भएको बताए।

सम्मानित व्यक्तित्व प्रा गुरुङले अलिमियाँको नामबाट सम्मान पाउँदा भाग्यमानी महसुस भएको बताए । उनले अलिमियाँ आफ्नो हृदयमा बास बस्न सकेको उल्लेख गरे।

प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारीले राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरी प्रेरित गर्नुपर्नेमा जोड दिए।

सल्लाहकार डा कुुसुुमाकर न्यौपानेले नेपाली लोकसाहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

प्रतिष्ठानकै अर्का सल्लाहकार प्राडा तारा बरालले सम्मानित गुरुङलाई ‘आजाद शत्रुु व्यक्तित्वका रुपमा चित्रण गरे।

वडाध्यक्ष दर्शन लामाले लोककवि अलिमियाँ राष्ट्रको पहिचान भएको उल्लेख गरे

कार्यक्रममा अलिमियाँ लोकतारा रामजी पौडेल र मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलिले रचनावाचन गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले सञ्चालन गरेका थिए।

लोककवि अलिमियाँको शत्वाषिर्कीको अवसर पारेर वर्षभरी नै विविध कार्यक्रम गरिने भएको छ। फागुन २६ गते वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई सम्मान गरिँदैछ।

जेठ ९ गते अलिमियाँ वाङ्मय प्रतिष्ठानको वाषिर्कोत्सव र साउन १८ गते स्मृति दिवसमा विशेष कार्यक्रम गरिने बताइएको छ। त्यसबाहेक पनि अन्य कार्यक्रम थप गरिने प्रतिष्ठानले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…