पोखरा, २ फागुन। नेपालय इन्टरनेशनल काठमाडौंले पोखराबाट तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु गर्ने भएको छ।
पोखरा रगंशालाको क्रिकेट मैदानमा फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ।
पोखरामा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी शुरु गरेको जनाएको छ। प्रतियोगितामा कास्की र आसपासका जिल्लाका गरी १२ समूहको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए।
प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गर्ने छ भने राष्ट्रिय खेलकुद परिषद् र हिसानले समन्वय गर्ने छ।
कास्कीको पोखराबाट शुरु हुने यो प्रतियोगिता एक महिनाभित्र काठमाण्डौं, नारायणगढ, भैरहवा, दाङ, नेपालजंग, इटहरि, धनगढी र विर्तामोडमा संचालन गरिने छ।
प्रत्यक जिल्लामा संचालित प्रतियोगिताको बिजेता समुहका खेलाडीहरु ड्युज क्रिकेट ब्याट, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
रनरअपलाई स्पोर्टस वयर किट, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै, प्रत्यक खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेष्ट ब्याट्स मेन , बेष्ट बलर र फ्यान अफ दि डेलाई आकर्षणक पुरस्कारको व्यवस्था गरिएको छ।
जिल्ला÷जिल्लाका बिजेता समूहबीच प्रतिस्पर्धा गराई बिजेतालाई एक्सपर्ट च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधी प्रदान गरिने नेपालय इन्टरनेशनलका पोखरा प्रतिनिधि भगवान श्रेष्ठले जानकारी दिए।
प्रत्यक जिल्लामा प्रतियोगिता संचालन गर्नका लागि १० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क २० हजार तोकिएको छ। खेलाडीहरुलाई आयोजकले नै जर्सी र टाउजर उपलब्ध गराउने छन्।
प्रतियोगिता २०÷२० ओभरको लिग कम नकाउटका आधारमा खेलाइने छ। पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, हिसान कास्कीका अध्यक्ष रामजी शर्मा र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक रमेश थापाले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पूर्ण तयारी पूरा
नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
लाहाचोकमा माछापुच्छे कपको तयारी पूरा
पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम
पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड