प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली च्याम्पियन

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०८०
17

पोखरा, १७ पुस । पोखरामा भएको प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो प्रतियोगितामा आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन भएको छ ।

प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ७ कास्य पदक सहित आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको हो ।

उक्त प्रतियोगितामा ५ स्वर्ण, २ रजत पदक सहित तनहुको रिसिङ पाटन दोस्रो र ४ स्वर्ण, ६ रजत र १२ कास्य पदक सहित तनहुको भिमाद दोजाङ तेस्रो भएका थिए । प्रतियोगितामा २ स्वर्ण प्राप्त गरी आयोजक अञ्जुली तेक्वान्दो दोजाङका पितर तामाङ र महिला तर्फ रिसिङ पाटन दोजाङकी सलका श्रेष्ठले २ स्वर्ण पदक प्राप्त गरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजयी टिमलाई पदक प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत मिल्ने बताउनुभयो ।

नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक विशाल बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेदश सभा सदस्य दिलमाया पवि, नेपाल अन्तराष्ट्रिय तेकवान्दो महासंघका महासचिव घमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधान, अञ्जुली आवासीय माविका संस्थापक निर्देशक राजु केसी, शिक्षक लक्ष्मण पौडेल, वाग्लुङ जिल्ला तेक्वान्दो संघका सदस्य चिरन वुढामगरले बोल्नुभएको थियो ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवासीय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५० जना खेलाडीले सहभागिता जनाउनुभएको थियो ।

प्रतियोगितामा कास्की, लमजुङ्ग, तनहँु, स्याङ्जा, वाग्लुङ, पर्वत, म्याग्दी १८ दोजाङहरुको सहभागितामा २६ वटा विधामा प्रतियोगिता भएको थियो । खेलाडीहरुले प्याट्रनतर्फ पहेँलो ,हरियो ,हरियो ,निलो ,निलो ,रातो पेटीको लागि प्रतिस्पर्धा गरिएको थियो ।

त्यसैगरी स्पाईरिङ तर्फ २०–२५ ,३०–३५, २५–३०,३५–४० ,३०–३५ , ४०–४५ , ३५–४० , ४५–५० , ४०–४५ , ५०–५५ , ४५–५० , ५०–५५ , ५५–६० , ६० के.जी. तौल समूहमा प्रतिस्पर्धा भएको संयोजक बुढामगर जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives