पोखरा, २३ फागुन । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी हुनुभएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो ।
सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताउनुभयो ।
‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका एक सय जनाको स्वास्थ्य बिमा गरेको छ ।
खेल क्षेत्रको बिकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पुरा, प्रतिययोगिता भोलिदेखि
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने