प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु

राष्ट्र न्यूज सम्वाददाता
पौष १४, २०८०
Anjuli

पोखरा, १४ पुस । पोखरामा प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवासिय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा कास्की, लम्जुङ्ग, तनहँु, स्याङ्जा, वाग्लुङ, पर्वत, म्याग्दी १८ दोजाङहरुको सहभागितामा २६ वटा विधामा प्रतियोगिता भएको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिनुभयो । शनिबार मात्र ११ विधा सम्पन्न भएको छ ।

प्रतियोगितामा प्याट्रन पुरुषमा पहेलो पेटी तर्फ अनुप तिवारी (वाराही दोजाङ), हरियो पेटी तर्फ सुजना सिर्पाली (वाराही दोजाङ), निलो पेटी तर्फ पितर तामाङ (अञ्जुली दोजाङ), रातो पेटी तर्फ प्रतिक राइ (वाराही दोजाङ), विजयी हुुनुभएको छ।

महिला पहेलो पेटी तर्फ स्मारीका थापा (अञ्जुली दोजाङ), हरियो पेटी तर्फ आरजु थापा (भिमाद दोजाङ), निलो पेटी तर्फ सालका श्रेष्ठ (रिशिङ पाटन), रातो पेटी तर्फ मनिषा केसी (अञ्जुली दोजाङ), स्पाईरिङ पुरुष तर्फ २०—२५ तौल समूहका विवेक विके (भिमाद दोजाङ), महिला तर्फ २०—२५ तौल समूहका प्रगती छन्त्याल (अञ्जुली दोजाङ) २५—३० तौल समूहका यमुना गन्धर्व (नव प्रभात), ३०—३५ तौल समूह आकृती शाहा (रिसिङ पाटन), ३५—४० तौल समूहका सलाका श्रेष्ठ (रिसिङ पाटन) विजयी हुनुभएको छ ।

खेलाडीहरुले प्याट्रनतर्फ पहेँलो ,हरियो ,हरियो ,निलो ,निलो ,रातो पेटीको लागि प्रतिस्पिर्धा गरिएको छ ।

त्यसैगरी स्पाईरिङ तर्फ २०–२५ ,३०–३५, २५–३०,३५–४० ,३०–३५ , ४०–४५ , ३५–४० , ४५–५० , ४०–४५ , ५०–५५ , ४५–५० , ५०–५५ , ५५–६० , ६० के.जी. तौल समूहमा प्रतिस्पर्धा रहेको संयोजक बुढामगर जानकारी दिनुभयो ।

खेल पर्यटन मार्फत पोखरालाई प्रवद्धन गर्ने,प्रतिभावान खेलाडीहरुको पहिचान, खेलाडीहरुको थप स्तर अभिवृद्धि तथा कदर गर्ने,सफल तथा असल खेलाडी बन्ने हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

पोखरा वगरमा रहेको अञ्लुली आवासिय माविमा भएको उक्त प्रतियोगिताको समापन आइतबार हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै