उम्मेद्बार बरालको घरदैलो र मतदाता भेटघाट तीव्र

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २२, २०७९
Kishor 21

पोखरा, २२ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाट कार्य क्रम तीव्र पार्नुभएको छ ।

उहाँले मङ्लबार पोखरा ३१ मा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । उहाँले बुधबार पोखरा १० मा घरदैलो र मतदाता भेटघाटलार्ई निरन्तरता दिनु हुनेछ ।

मतदाता भेटघाटमा मतदाताहरुले स्थानीय समस्या र आवश्यकता बारे जानकारी गराउने गर्नुभएको छ । मतदातासँगको भेटघाटबाट आफूलाई थप उर्जा मिलेको उम्मेद्बार बरालको भनाइ छ ।

‘भेटघाटमा मतदाताबाट सकारात्मक सद्भाव मिलेको छ, उहाँले भन्नुभयो – म निकै खुशी र उत्साहित छु । ’ पोखरा ३१ मा मतदाता भेटघाटपछि विभिन्न स्थानमा कोणसभा गरिएको थियो । कोणसभामा उम्मेद्बार बरालले राजनीति समाज सेवा भएको बताउनुभयो ।

उहाँले सांसद भएपछिको सम्पूर्ण तागत समाजको हितमा भरपूर उपयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले समाजका लागि गर्नै पर्ने धेरै काम मध्य स्थानीयको प्राथमिकताका आधारमा अघि बढाउने बताउनुभयो ।

उहाँले गठबन्धनको तागतले गठबन्धनका सबै उम्मेद्बारलाई विजयी बनाउने भन्दै कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने दावी गर्नुभयो ।
प्रदेश सभा सदस्य उम्मेद्बार दीपक कोइरालाले मतदाता आफुप्रति निकै सकारात्मक पाएको उल्लेख गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives