समाज र समृद्विको विषयमा सबैको साझा हुँ – बराल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २०, २०७९
Photo 20

पोखरा, २० कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताउनु भएको छ ।

‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उहाँले भन्नुभयो – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’

कास्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको बताउनुभयो ।
जनताको आशा विकास र समृद्वि भएपनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उहाँको भनाइ छ ।

उम्मेदबार बरालले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिनुभयो ।

विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उहाँको भनाइ छ । ‘जनताका आवश्यकता पुरा गर्छाै नै उहाँले भन्नुभयो, अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’

आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताउनुभयो । रुपाको घरदैलो र कोणसभामा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, नेताहरु यज्ञ बहादुर थापा, कृष्ण केसी लगायत सहभागि हुनुहुन्थ्यौं ।

उम्मेद्बार बराल सोमबार पोखरा १३ मा हुने घरदैलो र कोणसभामा सहभागि हुनुहुने छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १०, २०८२
    पोखरा १० बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

    प्रकाशचन्द्र सापकोटा वैशाख ९, २०८२
    पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…