जनताको आवश्यकता मेरो प्राथमिकता – बराल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १९, २०७९
Photo 19

पोखरा, १९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउनु भएको छ ।

कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले जनताले आवश्यकता अनुसार छनोट गरेका योजना नै आफ्नो योजना हुने उल्लेख गर्नुभयो ।

कास्कीको रुपा गाउँपालिकाको तालबेसी, काउँरे, हंसपुर, हाँसपोखरी, पिप्ले, ठूलीबेँसी, पोखरा महानगरपालिका वडा नं २८ को स्याङ्खुदी, कडेल गाउँ र ओख्लेमा आयोजित कोणसभाहरुमा बोल्दै उहाँले जनताका समस्यालाई आफूले चिनेको उल्लेख गर्नुभयो ।

‘सबैको नाम र बस्ने ठाउँ नै भनेर म सबैलाई चिन्दिन होला उहाँले भन्नुभयो – तर जनताका समस्यालाई नजिकबाट चिनेको छु ।’

उहाँले जनताका समस्यालाई समाधान गर्ने मौका आएकाले गठबन्धनका उम्मेद्बारलाई जिताउन आग्रह गर्नुभयो ।

उम्मेद्बार बरालले गठबन्धनको पक्षमा जनलहर रहेको दावी गर्दै कुनै पनि शक्तिले हल्लाउन नसक्ने बताउनुभयो । उहाँले प्रकृतिले चिनाएको पोखरालाई मानवीय विकासका योजनाले पनि चिनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेता बरालले चुनाव जित्नका लागि झुटो कुरा नगर्ने बताउनुभयो । झुटो कुरा गरेर मत माग्ने र पछि पुरा नगर्दा समाज र मतदाताको अपमान हुने भन्दै झुटो कुरा नगर्ने उहाँको भनाइ छ ।

उम्मेद्बार बराल आइतबार पनि रुपा गाउँपालिकाका विभिन्न स्थानमा हुने कोणसभामा सहभागि हुने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives