सोंथर बेँसी मेलाको तयारी तिव्र

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०८०
Sother

पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी सुन्दर बेँसीमा हुने सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेलाको तयारी तिव्र परिएको छ ।

दोस्रो संस्करणको मेला अगामी फागुन १ र २ गते हुँदैछ । मेला आयोजक सोंथर बेँसी विकास समितिले मेला लक्षित तयारी तिव्र पारेको छ । मेलाको सन्दर्भमा पोखरामा रहेका आफ्ना शुभचिन्तक एवं शुभेच्छुकहरुलाई मेलाको हालसम्मको तयारी बारे जानकारी दिएको छ ।

कार्यक्रममा नागीधार, पाखुरीकोट, भाचोक लगायत आसपासका क्षेत्रबाट पोखरा आएर बसोबास गरेका सामाजिक अगुवाहरुको सहभागी रहेको मेला प्रचार उपसमितिका संयोजक रमा क्षेत्रीले जानकारी दिनुभयो ।

मादी १० भाचोकका वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, भाचोककै सामाजिक अगुवा आसपुर गुरुङ, पूर्व शिक्षक गम बहादुर गुरुङ, नागीधारका पूर्व प्र.अ एवम् सामाजिक अगुवा डम्बर जंग गुरुङ, चेत बहादुर गुरुङ, राम बहादुर गुरुङ, राजकुमार गुरुङ, सुवेदार कुशल सिंङ गुरुङ, बवमल गुरुङ, पाखुरीकोटका केश बहादुर गुरुङ, मकैंखोलाका बद्रीराज पौडेल लगायतले विभिन्न सुझावहरु दिनुभएको थियो ।

उहाँहरुले मेलालाई सफल पार्न सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने र मेलामा सहभागी हुन सोंथर बेँसी जाने प्रतिवद्दता समेत जनाउनुभएको छ ।

३५ वर्ष अघि त्यस भेककै निकै प्रख्यात रहेको सो सोंथर बेँसी टारी बजार मेला विविध कारण स्थगित भएपछि गत २०७९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा सोंथर बेँसी विकास समिति नामक सामाजिक संस्था दर्ता गरी समितिले पहिलेको मेलालाई थप परिस्कृत गर्दै पुन शुरुवात गरेको हो ।

गत सालबाट पुन शुरुवात गरिएको सो मेलालाई जीवन्त बनाइराख्न सोंथर बेँसी विकास समितिका अध्यक्ष एवम् मेला संयोजक ओम प्रकाश गुरुङले मेला सन्चालनका लागि पोखरा सरोकार समिति गठन गर्नुपर्ने प्रस्ताव  गर्नुभएको थियो । गाउँका बस्तीमा मानिस कम हुँदै गएका कारण आफुले सो प्रस्ताव राखेको गुरुङले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण समितिका सचिव डील्लीराज गिरी, उपाध्यक्ष दिर्गमान गुरुङ, आस बहादुर गुरुङ, कार्यकारी सदस्य इन्द्र गिरी, आस बहादुर थापा लगायतले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives