मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षणको कार्य सम्पन्न भएको छ । यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपत्को जोखिम र जनधनको क्षतिलाई कम गर्न सकिने बताइएको छ । तस्बिर ः देवराज सुवेदी÷रासस
सिन्धुपाल्चोक, ६ असार (रासस) ःमेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।
मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।
मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।”
मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु–३ पाल्चोकको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताउनुभयो । ‘शिक्षा विकास तथा समन्वय एकाइ’को रु ६९ लाख ७० हजार सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।
Related News
सम्बन्धित समाचार
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम