एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश

राष्ट्र न्यूज सम्वाददाता
असार ५, २०७९
Ganesh

पोखरा, ५ असार । पोखरा–२० भलामस्थित एकता सामुदायिक क्लबको प्रथम अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लेख बहादुर खत्री, पदम कार्की, सचिवमा तारा बस्नेत, कोषाध्यक्षमा विजय कार्की र सहसचिवमा अनिल बिक रहनुभएको छ ।

समितिको सदस्यमा नारायण कार्की, वीरेन्द्र केसी, सुवा सुमन थापा, पूजा कार्की, विवश नेपाली, शोभा कार्की, सागर कार्की, मोहन रावल रहनुभएको छ । क्लबको पदेन सदस्यमा आमा समूहको अध्यक्ष रहनुभएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives