ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

रासस
फागुन ११, २०७८
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

इनरुवा, ११ फागुन (रासस) :सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिनुभयो ।

ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives