सीप विकास तालिम केन्द्रले दियो तीन सय बढीलाई सीपमूलक तालिम

राष्ट्र न्यूज सम्वाददाता
माघ २८, २०७८
Talim

पोखरा, २६ माघ । सीप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षको माघसम्ममा तीन सय बढीलाई सीपमूलक तालिम दिएको छ ।

केन्द्रले बेरोजगार, एकल महिला, युवा, वैदेशिक रोजगारीबाट फर्केका, गरिब तथा विपन्नलाई लक्षित गरी गण्डकी प्रदेशका सात जिल्लामा विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।

केन्द्रले १५ दिनदेखि तीन महिना अवधीका तालिमहरु संचालन गर्दै आएको केन्द्र प्रमुख प्रभु सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार, यसै आर्थिक वर्ष भित्र थप पाँच सय बढीलाई तालिम दिने तयारी भैरहेको छ ।

केन्द्रले व्यूटीपार्लर, अधारभूत सिलाइकटाइ, मोवाइल मर्मत, सैलुन, मोटरसाइकल मर्मत, कुक, प्लम्बिङ, विद्युत जडान र मन्टेश्वरी, कृषी हलो मर्मत लगायतका ११ प्रकारका तालिम संचालन गर्ने गर्दछ ।

‘तालिमप्रतिको आकर्षण बढ्दो छ, केन्द्र प्रमुख सिग्देलले भन्नुभयो, तालिम पश्चात केही स्वरोजगार र केही व्यवसाय संचालन गर्न सक्ने भएका छन्।

यसैबीच, पछिल्लो पटक आयोजना गरिएको मोबाइल मर्मत तालिम सम्पन्न भएको छ । तालिममा २० जनाको सहभागिता रहेको थियो । सहभागी मध्य धन बहादुर गुरुङ उत्कृष्ट हुनुभएको छ ।

केन्द्र प्रमुख प्रभु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम अधिकृत रामप्रसाद पौडेल, प्रशिक्षक सुवाष लामिछाने, कार्यालय सहायक कृष्ण थापा, प्रशिक्षार्थीहरु सरोज नेपालीले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives