युनेस्कोको सामुदायिक स्वास्थ्य अभियान

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १४, २०७८
Unesko

पोखरा, १४ कात्तिक । गण्डकी युनेस्को क्लबले स्वास्थ्य जीवन सुखी जीवन भन्ने नाराका साथ सामुदायिक स्वास्थ्य अभियान आयोजना गरेको छ ।
यस अभियान अन्तर्गत करिब ६० जना बाङलादी टोलबासीको बिएमआई र रक्तचाप परिक्षण गर्नुको साथै सरसफाई कार्यक्रम गरिएको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलपति तथा युनेस्को फेडेरेशन नेपालका पूर्वअध्यक्ष प्रो. प्रेम नारायण अर्यालले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

सो अभियान मासिक रुपमा गण्डकी प्रदेशको सबै समुदायमा गरिने क्लवकी सचिव श्वेता रानाभाटले बताउनुभयो ।

कार्यक्रम संस्थाकी अध्यक्ष सवनम सुवेदीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives