कास्कीमा यस्तो छ कोभिड विरुद्व खोपको अवस्था

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ४, २०७८
khop line

पोखरा, ४ भदौ । कास्की हालसम्म कोभिड विरुद्व दुई लाख ८० हजार चार सय १८ मात्रा खोप लगाइएको छ ।

एक लाख ४८ हजार दुई सय ५२ जनाले कोभिड विरुद्वको पूर्ण खोप लगाएका छन् ।

एक लाख ५७ हजार दुई सय ७६ जनाले पहिलो मात्रा र एक लाख २३ हजार एक सय ४२ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

कास्कीमा ६६ हजार सात सय ४८ मात्रा कोभिशिल्ड, एक लाख ६५ हजार तीन सय ६० मात्रा भेरोसिल, २५ हजार एक सय ५० व्यक्तिलाई जोेन्सन र २३ हजार दुई सय मात्रा एष्ट्राजेनेका खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । कास्कीमा २०७७ माघ १४ देखि कोभिड विरुद्व खोप दिन थालिएको हो ।

‘खोप त आउछ नै, तर कहिले आउछ निश्चित छैन, प्रमुख आचार्यले भन्नुभयो, आउने वित्तिकै जतिसक्दो चाडो नागरिकलाई खोप लगाउने गरी तयारीमा छौं।

पछिल्लो समय दिनहुँ जसो कास्कीका कोभिड विरुद्व खोप दिइदै आइएको छ । कास्कीमा १८ वर्ष भन्दा माथिको खोप लगाउन पर्ने जनसंख्या करिब चार लाख ३२ हजार छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives