जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०७८
prasasan

पोखरा, ३१ साउन । फेवाताल क्षेत्रमा तराईको माछा फेवातालको माछा भन्दै विक्री गर्नेलाई कारवाही गर्न माग गरिएको छ ।

हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेड पोखरा १८ खपौदी कास्कीले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएर त्यस्तो माग गरेको हो ।

ज्ञापनपत्रमा जनकपुरका माछालाई फेवातालको माछा भन्दै  झुक्याएर विक्री गर्ने ६ जनाको नाम नै उल्लेख गरेर कारवाहीको माग गरिएको छ ।

त्यसरी माछा विक्री गर्दा उपभोक्ता ठगिएको भन्दै त्यसो गर्नेलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ६ बमोजिम कारवाही गर्न माग गरिएको छ । त्यस्तो काम गर्नेलाई बोलाएर नगर्नुहोस् भनेर सम्झाउदा उल्टै धम्की दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

पुख्र्याैलीदेखि नै फेवातालमा जलारी भएर जीवनयापन गर्दै आएका समूहले ग्राहकलाई स्वस्थ्य माछा पु¥याउनका लागि सहकारी गठन गरेका थिए । सोही सहकारीले फेवातालमा माछाका भुरा छाड्ने, संरक्षण गर्ने र ताल सरसफाई पनि गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives