काठमाडौँ, ११ असार (रासस) । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहने जनाइएको छ । भोली शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । –––
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives