पोखराको बजेट ६ अर्ब २७ करोड

रासस
असार १०, २०७८
HB-Gandaki-Nagarsava

पोखरा महानगरपालिकाको सभागृहमा आयोजित नवौ नगरसभाका सहभागी । तस्वीर ः हरि बास्तोला, रासस

पोखरा, १० असार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरेको छ ।

नगर सभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गर्नुभयो ।

विनियोजित बजेटमध्ये चालुतर्फ रु २ अर्ब ९१ करोड, पूँजीगत तर्फ रु ३ अर्ब ३७ लाख छ । महानगरले चालु आवका लागि रु ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्वको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ,“कोरोना भाइरसको रोगथाम एवम् नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वय आवश्यक छ ।

कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives