पोखरा, २५ जेठ । पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
पोखरा– २३ का अध्यक्ष पराजुलीले मानवीय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी दिनुभयो ।
‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , वडा अध्यक्ष पराजुलीले भन्नुभयो, ‘म सबै पोखरेली जनसमुदायलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन अभियान बतास फाउण्डेशनको पहलमा चलेको छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि