दमौली, १५ जेठ (रासस) ।लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ । गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो ।
त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।
वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो ।
चारजना सकुशल रहनुभएको छ । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।
Related News
सम्बन्धित समाचार
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश