गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
जेठ १२, २०७८
news 11 jestha photo

पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ ।

म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय, कविताको शब्द लेखन र वाचन गर्नुभएको छ । रेकर्डिङ र अडियोको काममा साहिल गायकले साथ दिनुभएको छ ।

भिडियो सुट, इडिट, पब्लिसिटी डिजाइन सविन गायकको छ । भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

सारङ्गी म्यूजिक स्टुडियो तथा सुपु म्यूजिक क्रियशनको प्रस्तुती रहेको उक्त भिडियोमा प्रेमलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ ।
गितमा पे्रम सम्बन्धको उतारचढाव, प्रेम त्याग, प्रेम कुण्ठा, असम्झ्दारी, एक्लोपनलाई देखाउन खोजिएको छ ।

भिडियोमा संगीत र कविताको समिश्रण सुन्न र देख्न सकिन्छ । गायकले लकडाउनको समयलाई सदुपयोग गरेको र यसपाली छुट्टै प्रस्तुती दिएको बताउनुभयो ।

उहाँका तिम्रो अभाव, कति माया, के खाइदेको छु र, कहिले भईन गीतहरु बजारमा आइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives