काठमाडौँ, ९ पुस (रासस) । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ ।
नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।
रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गर्नुभएको हो । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
Related News
सम्बन्धित समाचार
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
पोखरामा ‘हल्कारा’को हाउसफूल
संचारकर्मी हुँदै सुदीप निर्माता
Archives
Archives