संचारकर्मी हुँदै सुदीप निर्माता

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७९
sudip poudel

पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ ।

पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ ।

लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन गर्नुभएको हो । उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो ।

फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उहाँको छ । पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल्लेख गर्नुभयो । फिल्मको कथावस्तुलाई लिएर उहाँ आशावादी हुनुहुन्छ ।

विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुनुुहुन्छ । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गर्नुभएको छ । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ । फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले दिनुभयो ।

चैत १० गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’ स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives