पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १, २०७९
IMG_20230212_173014

पोखरा, १ फागुन । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ ।

३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ ।

महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका अध्यक्ष एवम् महाशिवरात्री विश्वसंगीत दिवसका परिकल्पनाकार इश्वर गुरुङले जानकारी दिनुभयो ।

मर्करी ब्याण्ड, पिसजोन ब्याण्ड, अपुर्व, दिप श्रेष्ठ, राजु परियार, रविन एण्ड रेगुलेसन, मुक्ती एण्ड रिबाइबल, स्ट्रिम एण्ड एन्जन्र्स, मङ्गोलियन हार्टका राजु लामा,राजेश पायल राई, यम बराल लगायतका कलाकारको उपस्थिति रहने छ ।

‘देखेर तिमिलाई‘’,‘लजाएर‘’ लगायतका गीतका गायक एवम् संगीतकार सुजन चापागाईलाई कार्यक्रममा सम्मान गर्न लागिएको छ । जसमा उहाँको प्रस्तुति समेत रहने छन् । ‘महाशिवरात्री महोत्सव कलाकारको उत्सव हो । नेपालका चर्चित कलाकारको उपस्थिति त्यो दिन रहन्छ । हामीले यसलाई व्यवसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं । हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ ।’,उहाँले भन्नुभयो ।

ब्याण्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आएका छन् । ‘हामीले कुनै कमाउने उद्देश्यले कार्यक्रम राखेका होइनौं । हाम्रो उद्देश्य भनेकै नेपाली संगीतको प्रवद्र्धन हो ।’, उहाँ भन्नुभयो ।
शिवरात्रीकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रमको आयोजना गरिसकिएको छ । महोत्सव प्रवेशका लागि टिकट काट्नुपर्नेछ । सबै दर्शकले आत्मसात् गर्ने गरी टिकट शुल्क निर्धारण गरिएको गुरुङले बताउनुभयो । कोभिडका कारण बीचमा कार्यक्रमले निरन्तरता नपाए पनि अबको समयमा निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।

नमस्ते ब्याण्डले नेपाली गीत संगीतको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका संयोजक शिवजी भट्टराईले बताउनुभयो । सम्पूर्ण कलाकारहरुलाई एकीकृत गर्दै नेपाली गीतसंगीतलाई माथि उठाउन इश्वर गुरुङको योगदान अतुलनीय रहेको अभिव्यक्ति उहाँको छ ।
महाशिवरात्री विश्वसंगीत महोत्सव कलाकारको जमघट गर्ने थलो भएको भनाई उहाँको छ ।

सहसंयोजक नारायण भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । कार्यक्रम सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा ‘हल्कारा’को हाउसफूल

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३०, २०८०
    पोखरा, ३० वैशाख । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनिक विदा…
  • संचारकर्मी हुँदै सुदीप निर्माता

    राष्ट्र न्यूज सम्वाददाता फागुन ३, २०७९
    पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ । पौडेलद्वारा निर्माण भएको चलचित्र…
  • ‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

    रासस पौष ९, २०७८
    काठमाडौँ, ९ पुस (रासस) । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजङ्ग…
  • गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०७८
    पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ । म्यूजिकल पोयट्रीमा…
  • अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २५, २०७८
    पोखरा, २५ वैशाख । लोक गायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको विषयसँग सम्वन्धित धम्पुस गाउँ सालैजो गीत बजारमा ल्याउनुभएको छ…

Archives

Archives