पोखरा, ७ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल जारी राखेको छ ।
कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताउनुभयो ।
बिहीबार नेपाली काँग्रेस क्षेत्र नं १ (क) कास्कीबाट शुरु गरिएको छलफल शुक्रबार १ (ख)मा चलाइएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
जुममार्फत् गरिएको सो छलफलमा त्यस प्रदेश सभा निर्वाचन क्षेत्रका अगुवा नेता तथा कार्यकर्ता , निर्वाचित जनप्रतिनिधि र शुभेच्छुक सहभागी हुनुहुन्थ्यो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले समन्वय गर्नुभएको कार्यक्रममा नेता शुक्रराज शर्मा, यज्ञ बहादुर थापा, प्रदेश १(ख) सभापति कृष्ण कोइराला, पोखरा महानगरसभापति बजिरमान श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
अहिलेको कोराना महामारी र वर्षा मौसयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेसले छलफल शुरु गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान