पोखरा, ३ जेठ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले सोमबार उहाँलाई डिन नियुक्त गर्नुभएको हो ।
वरिष्ठ बाल रोग विशेषज्ञ डा. श्रेष्ठ तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पुर्व मेडिकल सुपरिटेन्डेण्ट हुनुहुन्छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा निवासी डा. श्रेष्ठ विगत दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रमा आवद्व हुनुहुन्छ ।
सरल स्वभावका डा श्रेष्ठले प्रतिष्ठानको उद्देश्य अनुरुपका काममा आफ्नो क्रियाशीलता रहने बताउनुभयो । उहाँले प्रतिष्ठानको उचाई बढाउन र शैक्षिक उन्नयनमा आफ्नो योगदान रहने उल्लेख गर्नुभयो।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन